logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड सग हिसाबकिताब गर्ने ईश्वर पोखरेलको चेतावनी


  • राजनीति
  • शनिबार, मंसिर ६ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोप पुष्टि गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनलाई अभियोगपत्रको संज्ञा दिए । र, उक्त आरोपबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एक एक जवाफ दिनेपनि उनले स्पष्ट पारे ।

यद्धपी उनले दाहालले आरोप पुष्टि गर्न नसके आफूहरुले एक एक गरेर हिसाबकिताब खोज्ने पनि चेतावनी दिए । आजमात्रै अध्यक्ष दाहालसँग अर्का अध्यक्ष ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेटवार्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार