logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बास्काेटाकाे टिप्पणी सात जना ‘टुकडीकाे कम्पनी’ नेता


  • राजनीति
  • आइतबार, मंसिर ७ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक बिवाद चर्किरहेको अवस्थामा नेताहरुको अभिव्यक्ति आइरहेका छन् । यसै सिलसिलामा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सात जना नेताहरुको नाम नै उल्लेख गरेर प्रश्न गरेका छन् ।

पूर्व सञ्चारमन्त्री बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘नेकपाको दोस्रो पुस्ता’लाई फुटेको सानो पार्टीको नेतृत्वमा रमाउने कि एकीकृत ठूलो पार्टीको नेता बन्ने भनेर प्रश्न गरेका हुन्।

‘नेकपाको दोस्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, विष्णुहरूले) निकटताको पहिचान बोकेर विभाजित टुकुडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने? अब समयले परीक्षण माग्यो,’ बास्काेटाले ट्विटरमा लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार