logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कांग्रेसलाई यी ८ शक्तिशाली मन्त्री दिएर सरकार बनाउदै ओली


  • राजनीति
  • आइतबार, मंसिर ७ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार भेटेर ८ मन्त्रालयसहित संयुक्त सरकार बनाउन आग्रह गरेका छन्।

बालुवाटारमा शनिबार भएको कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले ८ मन्त्रालय लिन र सरकारमा आउन आग्रह गरेका हुन्।

नेपाली कांग्रेसका सभापति देउवा निकट स्रोतका अनुसार उनले ओलीलाई पार्टीमा सल्लाह नगरी यस विषयमा केही भन्न नसक्ने जवाफ दिएका छन्।

‘ओलीजीसँगको भेटमा सभापतिले प्रचण्डसँग मिलेर जानुस् भन्नु भएको छ, भेटमा ८ मन्त्रालय लिएर साझा सरकार गठनका लागि ओलीले प्रस्ताव गरेको बुझेको छु,’ देउवा निकट एक नेताले भने।

भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता संकटमा पुगेको निष्कर्ष ओलीले देउवालाई सुनाएको स्रोत भनाई छ।

‘८ मन्त्रालय दिनुस्, साझा सरकार बनाऔं, अब पार्टी एकता भनेर सँगै बस्न सक्ने अवस्था छैन, त्यसैले मैले तपाईलाई बोलाएको हुँ,’ ओलीको भनाई उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो।

स्रोतका अनुसार प्रचण्डले शुरुआती दिनमा सहयोग गरेजस्तो गरे पनि अहिले आफूविरुद्ध गम्भीर आरोपमा उत्रिएकाले पार्टीको एकता संकटमा परेको ओलीको धारणा थियो।

तर, सभापति देउवाले कोरोना प्रकोपको संक्रमण र प्रभाव नियन्त्रण बाहिर जान नदिन उचित कदम चाल्न र पार्टीमा सल्लाह गरेर मात्रै निर्णयहरू गर्न सुझाव दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार