राजनीति
दुई सात अगाडी मात्र मिलेका दुई पार्टी माओवादी केन्द्र र एमालेको एकता बाट बनेको नेपाल कम्यु्निस्ट पार्टीको(नेकपा )मा २ अध्यक्ष,९ सचिवालय,४५ सदस्यीय स्थायी समिति , र ६ जना आमन्त्रित स्थायी समिती सदस्य बनाएको छ ।
(नेकपा)को सबै कमिटी तहमा रहेका असमझदारीहरु बाहिर आउन थालेका छन । आमन्त्रित बनाइएकोमा तत्कालीन माओवादी केन्द्रका पाका नेता अमिक शेरचन र अमृतकुमार बोहराले असन्तुष्टि व्यक्त गरेकाछन ।

भर्खर मात्र केन्द्रीय सचिवालय र स्थायी कमिटीले पुर्णता पाएको (नेकपा) मा स्थायी समिती थप गर्ने देखि केन्द्रिय सदस्य बनाउने बारेमा असन्तुष्टि भित्र भित्र भुसको आगो हुँदै गएको स्रोतको दावी छ ।
पार्टी एकताअघि पोलिटब्युरो सदस्य रहनुभएका चारै नेतालाई योग्यता–क्षमता र कार्यकुसलताका आधारमा स्थायी समितिमा बढुवा गरिएको हो । स्थायी कमिटीमा आयोगका ६ जना अध्यक्षलाई पदेन सदस्य तोकिएको छ ।