logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेता जाे सुकै बनेपनि चिन नेकपा मिलेको हेर्न चाहान्छ


  • राजनीति
  • मंगलबार, मंसिर ९ २०७७

सत्तारुढ नेकपाभित्रको अन्तरबिरोध चर्किंदै गएको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा भएको काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलाई एकथरिले ‘केमेष्ट्री मिलन’ को रूपमा लिएका छन् । उहाँहरूबीच धेरैजसो स्वभाव र शैलि समान भएकाले यस्तो बेलामा भेट्नु र मिल्नुलाई अन्यथा भन्न नमिल्ने नेकपाभित्रै गाईंगुईं छ । तर,देउवा जतिसुकै हौसिए पनि स्वयम् पूरै नेपाली काँग्रेसले बालुवाटारलाई नबोक्नेमा खुमलटार पनि विश्वस्त देखिन्छ ।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई पाँच वर्ष विपक्षमा बस्ने जनमत प्राप्त भएकोले जनमतको कदर हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् भने,देउवानिकट नेता प्रकाशशरण महतले समेत काँग्रेस हतारिएर सरकारमा नजाने बताएका छन् ।

यता,नेकपाभित्रको रडाको मच्चिएर ठूलै रूप लिन थालेपछि उत्तरी छिमेकी चीनले पनि नेपाली राजनीतिक दलको आन्तरिक मामिलामा चासो लिन थालेको आरोप विपक्षी काँग्रेसले लगाएको छ । गत असारमा झैँ केही दिनअघि राजदूत हौ यान्छीले मंगलबार राती प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेलगत्तै भोलिपल्टको सचिवालय बैठक १० दिन पछाडि धकेलिएको थियो ।

यसैबीच सोमबार बिहान खुमलटार पुगेर राजदूत यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेेेेकि छन । भेटमा राजदूतले नेकपाभित्रको मतमतान्तरलाई बाहिर नल्याई भित्रै मिलाउनुपर्ने धारणा राख्दै आफूले बालुवाटारमा पनि त्यहि कुरो राखेको थिइन ।

स्रोतका अनुसार राजदूतले बालुवाटार र खुमलटार दुबै ठाउँमा पुगेर ‘असल मित्रको नाताले चीन सरकार,चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी अझ ठूलो र एकताबद्ध भएको हेर्न चाहन्छ । चाहे पार्टीको नेता जोसुकै बनुन् ।’भन्ने सन्देश दिएको चर्चा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार