राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विरुद्ध वामगठबन्धनको सरकार निर्मम बन्दै गएको छ भने नेकपाले पनि आफ्ना गतिविधिलाई एकपछी अर्को गर्दै तिब्रता दिदै गएको छ । सरकारले राजधानी लगायत मुलुक भरीबाट नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी र धरपकड बढाएको छ ।
एकातिर सरकारले मुख्य चुनौतीका रुपमा नेकपालाइ लिएको छ भने अर्कोतिर नेकपा वर्तमान सरकारलाई सामाजिक दलालहरुको सरकार भन्दै संघर्षका कार्यक्रमलाई कडा बनाउदै लगेको पछिल्ला घटनाहरुले पुष्टि गरेको छ ।
वाम गठबन्धनको सरकार बने पछि गृहमन्त्रालयले नेकपा लक्षित नया सुरक्षा रणनीति बनाएको छ । जसलाइ पीआई (PI) प्रोजेक्ट अर्थात पब्लिक इन्फर्मेसन एन्ड इन्भेटिकेशन ट्याक्टिस सहित अगाडी बढ्न लागेको स्रोतको दाबी छ । जसका लागि गृहमन्त्रालय मार्फत ५० करोड बजेट निकासा भएको स्रोतले जनाएको छ । जसको मुख्य उद्देश्य विप्लव नेतृत्वको नेकपाको सुचना केन्द्रीत गर्ने रहेको उच्च स्रोतको दावी छ । पीआई प्रोजेक्टमा मुलुक भरिका प्रत्यक बार्डमा १ जना राख्ने र मासिक तलव ५ हजार दिइने भित्री तयारी रहेको जानकारी प्राप्त भएको छ ।