logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दीपक मनाङेकी श्रीमती पक्राउ ,मूर्ति चोरीको आरोप


  • राजनीति
  • बिहिबार, मंसिर ११ २०७७

Modern metal handcuffs. Vector illustration in flat style

प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई मकवानपुर प्रहरीले पदमपोखरीबाट पक्राउ गरेको थियो ।

दिछेनविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउपुर्जी जारी गरेपछि मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

पोखरामा एक जनाको घरमा राखेको मूर्ति चोरेको आरोप डोल्मामाथि लागेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार