logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डकाे हमला ओलीकाे दम्भले पार्टी फुट्ने चेतावनी


  • राजनीति
  • शनिबार, मंसिर १३ २०७७

सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् ।

‘यहाँ पनि तपाइको दम्भ, घमण्ड र अहंताले काम गरेको छ । अझैपनि तपाईं राजनीतिक बहसमा आउन चहिरहनु भएको छैन’, प्रचण्डको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पार्टी फुटाउने भनेर जुन दोषरोपण गर्नुभयो त्यो काम अर्थात पार्टी फुटाउने काम हामीले होइन, बरु पार्टी फुटाउन तपाईंले सुरु गर्नुभएको हो । ’

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक सानदार ढंगले सफल भएपछि त्यसबाट आतंकित भएर हर्कतहरु सुरु गरेको जवाफ दिएका थिए । ‘केन्द्रीय समिति लगत्तैबाट तपाईंले हर्कतहरु सुरु गर्नुभएको छ’, प्रचण्डको भनाइ थियो । उनले त्यसपछि अध्यादेश ल्याउने, संसद अपहरणदेखि लिएर सारा काम गरेको पार्टी फुुटाउन तपाईंले कि हामीले भन्दै प्रचण्डले ओलीलाई प्रतिप्रश्न गरेका थिए ।

प्रचण्डले प्रस्तावहरुमाथि छलफल गरेर अघि बढ्न सकिने भएपनि पार्टी र सरकारप्रति उठेका प्रश्नहरुको दोष ओलीले नै लिनुपर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार