राजनीति
बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेको जानकारी दिए ।
चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको लामाले बताए । हेलिकप्टरमा ६ जना सवार रहेपनि सबैजना सकुशल रहेका छन् । एकजना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका- ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ।
प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।