logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाकाे बैंक खाता पनि दुइ, कस्काे नाममा कसरी चल्छ त खाता ?


  • राजनीति
  • सोमबार, मंसिर १५ २०७७

नेकपा विवाद झन चर्किदै गएकाे छ नेकपा भित्र काे विवादले संसदिय दलमा पनि ठुलाे बिभाजन देखिएकाे छ । गत ९ माघ २०७६ मा भएको निर्वाचनबाट राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) का तर्फबाट १८ जना आए । संघीय संसद सचिवालयले नेकपाको एउटै खाता नभएका कारण पूर्व पार्टी (एमाले र पूर्वमाके) मध्ये कुन तर्फका हुन भन्ने आफैँ छुट्याएर तलब पठायो । लेवी पनि सोही अनुसार कटाएर पठायो ।

‘तर, एकजना पूर्वमाओवादी सांसदको लेवी पूर्वएमालेको खातामा परेछ’, सचिवालयका एक कर्मचारी भन्छन्, ‘एक जनाको आएन भनेर फोन आएपछि त्यो फिर्ता गरेर जता भनियो उतै पठाइयो ।’

संघीय संसद सचिवालय स्रोतका अनुसार नेकपा सांसदहरुको लेवी अहिले पनि तत्कालिन एमाले र माओवादी केन्द्रको फरक बैंक खातामा जाने गरेको छ । लेवी रकम बराबर छ– १२– १२ हजार रुपैयाँ ।

तत्कालीन एमाले संसदीय दलको कार्यालयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र दलका उपनेता सुवास नेम्बाङको नेमप्लेट छ । अर्को भवनमा रहेको तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष छ । सांसदहरुको आगमन र कार्यकर्ता भेटघाट पनि सोही अनुसार छुट्टाछुट्टै हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार