logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली सेनाको भर्नामा नक्कली परिक्षार्थी


  • राजनीति
  • सोमबार, मंसिर १५ २०७७

मङ्सिर १३ गते नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षामा साथीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङ दुर्गाथली गाउँपालिका–४ बस्ने २२ वर्षका मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेका डोटी सायल गाउँपालिका–६ बस्ने २२ वर्षका सुमन खड्कासमेत दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डीएसपी अमर थापाले जानकारी दिए ।

१३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ कञ्चन विधा मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा रहेको थियो । परीक्षामा सहभागी भइरहेका थिए प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको डीएसपी थापाले बताए ।

दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
File photo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार