logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेनाबाट थप २४ जनाकाे मृत्यु, १४ सय ४ नयाँ सक्रमित


  • राजनीति
  • मंगलबार, मंसिर १६ २०७७

पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार