logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पाैडेलले गरे बुल्दीखाेला पुलकाे उद्घाटन


  • राजनीति
  • बिहिबार, मंसिर १८ २०७७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्। नेता पौडेलले कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थितिमा पुल उद्घाटन गरेका हुन्।

बुल्दी पुल पारी आयोजित सभामा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित थिए। बुधबार पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा पछि मात्रै छाडेको थियो।

तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। तनाव हुने सृजना देखेपछि स्थानीय प्रशासनले पुल क्षेत्र आसपासमा निषेधाज्ञा समेत जारी गरेको थियो। निषेधाज्ञाबीच पुल उद्घाटन गर्न खोजेपछि नेता पैडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

कार्यक्रममा नेताहरुले पुल उद्घाटन रोकेक भन्दै सरकार र स्थानीय प्रशासनको आलोचना गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार