logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अरिङ्गाल भएर पार्टी एकता हुन्न : नेतृ झाक्री


  • राजनीति
  • शुक्रबार, मंसिर १९ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थी भेला गरेका छन् । काठमाडौको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा भएको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेलगायत सहभागी छन् । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीमा व्यक्ति पुजा गर्ने प्रवृत्ति त्याग्दै विधि र पद्दतिमा रहेर काम गर्नुपर्ने बताइन् । साथै उनले अरिङ्गाल जस्तो नभइ मौरीजस्तो भएर पार्टी एकतामा सबैले लाग्नुपर्ने धराणा राखिन् ।

त्यस्तै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले केपी ओली नेतृत्वको सरकारले समाजवादको कुरा गरे पनि पुँजीवादलाई नै सहयोग पुग्ने काम गरिरहेको बताए । उनले सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख नहेर्ने भाषण गरेपनि प्रधानमन्त्रीको वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी रहेको दावी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार