logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुवैका प्रस्ताव फिर्ता : नयाँ प्रस्ताव सहित भागबन्डा मिल्दै


  • राजनीति
  • शनिबार, मंसिर २० २०७७

लामो समय देखी आन्तरिक लडाइले शिथिल हुँदै गरेको सत्तारुढ दल नेकपाको अहिले सचिवालयको बैठक बसिरहेको छ । ओली गुटले बहिष्कार गर्ने र दाहाल नेपालले संचालन गर्ने बिचमा देखिएको असमझदारीले बैठक अन्यौलमै थियो । तर आकस्मिक रुपमा प्रचण्ड र ओलीको एक घण्टे वार्ता भयो र सगै थोरै सहज भएर बैठक चलिरहेको छ ।

यसै बिचमा पुर्व मन्त्री तथा नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबाट एउटै राजनीतिक प्रस्ताव ल्याउने सहमति बनेको खुलासा गरेका छन् । उनले पार्टीमा उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए ।

‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले रिपोर्टर्स क्लब नेपालमा भने, ‘दुवै अध्यक्षको प्रतिवेदनका राम्रा विषय समावेश गर एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।

अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको समेत बताए । ओली र प्रचण्डबीचको एक्ला एक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार