logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मनोबल उच्च पार्न किर्तिपुरमा फुटसल प्रतियोगीता


  • राजनीति
  • आइतबार, मंसिर २१ २०७७

कोरानाले देश नै आक्रान्त बनेको बेला खेलजगत पनि ठप्प जस्तै रहेको छ । यस्तो अवस्थामा कतिपय खेलाडीहरु बिस्तारै तनाए प्रेसर हुदै डिप्रेशन तिर जाने खतरालाइ मध्यनजर गर्दै किर्तिपुरका युवा खेलाडीले एक पहल गरेकाछन ।

यस्तो पहल गर्ने काम अन्तर्राष्ट्रिय फुटसल एसोसिएसनका महासचिव तथा चर्चित युवा खेलाडी पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा रहेको टिमलए गरेको हो ।

आइएफए नेपालद्वारा कीर्तिपुरमा आयाेजित दुईदिने प्रथम पुरूष फुटसल प्रतियाेगिता सम्पन्न गरेकाछन । बिषम परिस्थितिमा पनि २३ वटा टीमकाे सहभागिता रहेकाे उक्त प्रतियाेगितामा जनताहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।

दुइ दिन सम्म चलेको उक्त प्रतियोगितामा टाइटन्स एफसी क्लव टीमले प्रथम र फ्रेण्डस् क्याफे टीमले दाेस्राे स्थान हासिल गरेकाे छ ।


विजयी टिम र खेलाडीहरूलाई शनिवार नगाउँ फुटसल मैदानमा आयाेजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्का, विशिष्ट अतिथि डिएसपी रूकेश तण्डुकार र किर्तिपुर ४ वडा अध्यक्ष राजेन्द्र बानियाले प्रमाण-पत्र, मेडल, ट्रफि र नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियाेगिता प्रथम हुने टीमलाइ १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रो हुनेलाइ ५ हजार नगद सहित ट्र्फी मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजक आईएफएका महासचिव तथा कराते प्रशिक्षक पुरूषाेत्तम बुढाथाेकीले जानकारी दिएकाछन ।

उक्त प्रतियोगिताको संयाेजन गरेका बुढाथोकीले आगामी दिनमा अझ ब्यस्थित र ठुला खेलका कार्यक्रम आयोजना गर्ने समेत बताएका छन । उक्त कार्यक्रममा उपस्थित सबै अतिथिहरुले कार्यक्रमको प्रसंसा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार