राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि (मंगलबार) बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उनका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ।’
यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।