राजनीति
बिगठित माओवादी केन्द्रका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले देशभित्रका सबैलाई झुक्याएर ड्याम्मै पार्टी एकता गर्नुपरेको बताएका छन् ।
पार्टी एकता हुन लाग्दा भाँड्ने चलखेल भएकाले हुँदैन जस्तो वातावरण बनाएर जाली फटाहालाई झुक्याइएको प्रचण्डले बताए ।
जन्म थलो कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको बताए । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।
प्रचण्डले भने’पार्टी एकता हुन्छ यो दिन भनेर नहुने भन्ने बनाएर ड्याम्मै एकता घोषणा गरेको हो । जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भएको बताएका छन ।