logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीले संकटकाल लगाउदै !


  • राजनीति
  • शनिबार, मंसिर २७ २०७७

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक किन सर्वदलीय बैठक बोलाएको ? भन्दै प्रश्न गरेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रश्न गरेका छन् । सडकको आन्दोलन त देशका विभिन्न ठाउँमा भैरहेको सुनाउँदै अहिले किन सर्वदलीय बैठक किन बोलाईयो ? भन्दै प्रश्न उठाए ।

उनले भने-“अहिले मुलुकमा संकट नै आएजस्तो देखाउन खोजे क्या, अर्को कुरा उनको आफ्नो सुरक्षा पनि अचानक बढाए, यो किन त ? सुरक्षा बढाउनु, सर्वदलीय बैठक बोलाउनु, यो कतै ओलीजीको, अब उनी घेरामा परे भनेर, उनी ईतर ग्रुप, प्रचण्डजी, माधव नेपालजी ग्रुपले पोलिटिकल्ली र्याख्र्याख्ती पार्ने सोचेर यीनले सोचेर कतै संकटकाल लगाउने हुन कि भनेर मलाई कता कता शंका लाग्न थाल्यो ।”

सक्रिय राजाको माग गर्नु गलत कुरा भएको पनि उनको भनाई छ । उनले आफूहरुले डेमोक्रेसी गुमाउन नचाहेको स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार