logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका १९४९ गिरफ्तार , १४३ जेल चलान


  • राजनीति
  • शनिबार, मंसिर २७ २०७७

अहिले ब्यवस्थाले जनताको हित नगर्ने भन्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तीको घोषणा गरेर अगाडी बढी रहेको छ । नेकपाले झण्डै दुई वर्ष देखी सरकारी प्रतिबन्ध झेल्दै आएको छ । यस बीचमा नेकपाका झन्डै दुई हजार नेता कार्यकर्ता हिरासतमा पुगिसकेकाछन ।

नेकपाले जनयुद्धको बिरासतलाइ पक्रेर अधुरा, अपुरा सपना र मुल नेतृत्वको धोका धडी भन्दै नयाँ तरिकाले संघर्ष उठान गर्दै संघर्ष गरेको नेकपाको दाबी रहेको छ ।

नेकपा पुनःगठन भएको ७ औं वर्ष पार गरेको नेकपाले यो अवधीमा दर्जन बढी कार्यकर्तालाइ भौतिक हिसाबले गुमाएको छ भने झन्डै २ हजारको संख्यामा गिरफ्तार भै सकेकाछन । यस्तो प्रतिकुलता भित्र बाट पनि नेकपाले आफ्ना राजनीति र फौजी गतिविधिलाइ निरन्तर अगाडि बढाइ राख्नुले सरकारको ठुलो टाउको दुखाइको बिषय बनेको देखिन्छ् ।

पछिल्लो समयको प्रहरी तथ्यांक अनुसार प्रतिबन्ध लगाएयता मंसिर पहिलो सातासम्म १ हजार ९ सय ४७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित तत्कालीन पिबिएम,सिसिएम समेत रहेकाछन ।

हाल सम्मको गिरफ्तारी हेर्दा प्रदेश १ मा २७६ प्रदेश २ मा १२३ बागमती प्रदेशमा १९०  गण्डकी प्रदेशमा ३४० लुम्बिनीमा ३७२  कर्णालीमा १३९ सुदुर पश्चिम मा २०५ र  काठमाडौ  उपत्यकामा ३०४ जना गिरफ्तार भएको र!रेकर्ड  देखिन्छ । यधपी यो सरकारी तथ्यांक  हो ।

सब तथ्यांक अनुसार अहिलेसम्म जेल चलान हुनेको संख्या १४३ रहेको छ भने १८४८ बटा मुद्दा  चाही दर्ता भएका छन । मुद्दा  चलेका मध्य १६७८ जना चाही केस दर्ता पछि छुटेकाछ्न । अहिले पनि अनुशन्धानको क्रममा  ४१ जना रहेको तथ्यांक सार्वजनिक भएको छ ।

आफ्ना दर्जन कार्यकर्ता गुमाएको नेकपाले केही दिन अगाडि पार्टीको सुराकी गरेको भन्दै मोरङका एक शिक्षक कार्वाहीमा परेको जनाएको छ । यो घटना सगै गृहमन्त्रालयले सुरक्षा प्रमुखको बैठक राखी नेकपा प्रती थप कडा हुन निर्देशन दिएकाछन । त्यस्तै बिद्रोही दलको मुख्यालय बाट पनि जनताको विरुद्ध कर्म गर्नेहरुलाइ नछाड्ने चेतावनी आएको छ । यसरी हेर्दा मुलुक एकखाले संकटमा फस्दै गएको सहज अनुमान गर्न सकिन्छ ।

सरकारी पक्षले नेकपा अहिले दोस्रो चरणको संघर्षको बाटोतर्फ गएको भन्ने विश्लेषण गरेको छ । गृहको आदेश अनुसार प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलले मातहतका इकाइलाई गस्ती र निगरानीलाई बढाउन आदेश दिएको छ । विप्लव नेतृत्वको नेकपालाइ तत्कालै नियन्त्रणमा लिन नसकिए स्थिति थप जटिल बन्न सक्ने विश्लेषणसहित सुरक्षा संयन्त्र परिचालित भएका छन् ।

नेकपा माथी २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएयता प्रहरीले नेकपा विरुद्ध आक्रामक अपरेशन चलाइरहेको छ ।

प्रतिबन्धपछिको अवधिमा सरकार तर्फबाट बिभिन्न ठाउमा नेकपाका नेता कार्यकर्ताको ह’त्या भएको छ । त्यस्तै मध्य निकै बिवादित र चर्चामा रहेको नेकपा सर्लाही इञ्चार्ज कुमार पौडेलको गैरन्यायिक ह’त्या पनि हो । कुमारलाइ नियन्त्रणमा लिइसकेपछि प्रहरीले गो’ली हा’नेर मुठभेडको दाबी गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्नमाथि का’रबाही गर्न मानव अधिकार आयोगले पनि सरकारको नाममा निर्देशन समेत दिइसकेको छ ।

यसै बिचमा सरकारले नेकपाको मुख्य उपस्थिति र गतिविधि हुने २४ बटा केन्द्रहरु निर्धारण गरेको बुझिएको छ । देशभरीबाट संकलित गतिविधिको रिपोर्टिङका आधारमा उक्त प्वाइन्ट बनाइएको देखिन्छ ।

सरकारी बुझाइमा कहाँ–कहाँ छ नेकपाको प्रभाव ?

नेकपाका नेताहरु मुलुकको अधिकांश जिल्लामा आफ्नो उपस्थिति रहेको दाबी गर्छन् । तर, सुरक्षा निकायको विश्लेषण अनुसार २४ जिल्लाका केही भू–भागमा नेकपाको उपस्थिति बाक्लो देखिएको बुझाइ रहेको छ । सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशको कालिकोट रहेको स्रोतको भनाइ छ ।

कालिकोट त्यसपछि लुम्बिनी प्रदेशको कपिलवस्तु र दाङ क्रमशः प्रभावित जिल्लामा परेको सरकार रिपोर्टले देखाउछ।

एक सुरक्षा निकायको रिपोर्टअनुसार प्रदेश १ मा खोटाङ र भोजपुरको सीमा क्षेत्र, संखुवासभाको चैनपुर र पाँचथर र इलाम र मोरङको सीमावर्ती क्षेत्रमा नेकपाको सक्रियता देखिएको छ ।

प्रदेश नं. २ मा सर्लाही, महोत्तरी र रौतहटमा राजमार्ग र जंगल भएका क्षेत्रमा नेकपाको उपस्थिति देखिएको छ । बागती प्रदेशमा मकवानपुर, सिन्धुली र रामेछापका पहाडी क्षेत्रमा नेकपाको सक्रिया रहेको भनिएको छ ।

उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लामा समूहको प्रभाव छ । यद्यपि, नेकपालाई उपत्यकामा छिन्नभिन्न बनाइएको सुरक्षा अधिकृतहरुको दाबी छ । लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, रुकुम र सल्यान अति प्रभावित क्षेत्र भएको विश्लेषण छ ।

कर्णाली प्रदेशमा कालिकोट र सुर्खेतको सीमावर्ती क्षेत्रमा नेकपाको प्रभाव रहेको बताइन्छ । सुदूरपश्चिममा कालिकोटसँग जोडिएको बाजुरा र अछाममा नेकपाको प्रभाव रहेको भनिएको छ भने बैतडी, डडेल्धुरा र कैलालीको केही भाग पनि नेकपाको प्रभाव रहेको बताइएको छ ।

माथी उल्लेखित प्वाइन्टहरु सरकारी स्रोतको बिश्लेषण हो । तर नेकपाले भने आफ्नो संगठन र गतिविधि मुलुकका सबै स्थानमा गरिरहेको समाचार पनि आइरहेकै छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार