नेपाल को राजनीति अत्यन्तै पेचिलो बन्दै गैरहेको छ। एकातिर दक्षिण एसिया मा भ्रष्टाचारको प्रमुख केन्द्र बन्दै गइरहेको तथ्यांक देखिन्छ भने अर्कोतिर राज्यव्यवस्था संचालन गर्नेहरु बिच चर्को अन्तरबिरोध र अन्य संसदीय पार्टी हरु बिचको अन्तरविरोध चुलिदो छ। राजनितीक आन्दोलनको अन्त्य भएको भन्दै ध्वासे अभिव्यक्ति संसदवादी हरु दिन्छन भने संगसंगै राज्य व्यवस्था विरुद्ध को सं’घर्ष पनि जारी छ। लामो समय राज्यसत्ता विरुद्ध चलेको जनयु’द्ध ले ठूलो सेटब्याक खाएको छ। जनयुद्धको एक हिस्सा (नेतृत्व सहित) पुरानै सत्ता संग बिलिन भएको छ र जसका विरुद्ध जनयु’द्धको ठूलो हिस्सा पुरानो राज्यव्यवस्था संग लड्ने भन्दै विभिन्न मोर्चामा संघर्षरत छन। यसकारण पनि नेपाल को राजनितीक आन्दोलन संसदीय व्यवस्था र त्यो व्यवस्था बिरुद्ध क्रान्ति गर्ने संखघोस गरिसकेका पार्टिहरु बिच एउटा उथलपुथल को उच्च बिन्दुमा पुग्ने सहजै आकलन गर्न सकिन्छ।
नेपालको राजनीति मुख्य गरि दुई धारा बाट विश्लेषण गर्न सकिन्छ। एउटा राज्यव्यवस्था लाई नेतृत्व गरिरहेका संसदीय व्यवस्था लाई मलजल गर्दै अगाडि बढ्ने शक्ति र अर्को संसदीय व्यबस्था विरुद्ध राष्ट्रिय स्वाधीनता सहित क्रान्ती गर्ने शक्ति । यी दुइवटा राजनितीक शक्ति ( संसदीय व्यवस्था मान्ने र संसदीय व्यवस्था बिरुद्ध ) हरु बिच को मुख्य संघर्षबाट अघि बढिरहेको छ। जसका कारण बिप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी लाइ दलाल संसदीय व्यवस्था र त्यसका शासक हरु द्वारा प्रतिबन्ध लगाइएको छ । हुनत प्रतिबन्ध आफैमा दुइ वर्ग बिचको टकराव हो अथवा जनता र सत्ता बिचको संघर्ष हो। जुन व्यबस्था असफल हुन्छ त्यसले नयाँ बिचार, आदर्श र सिद्धान्त लाई स्विकार गर्ने हिम्मत गर्दैन र बरु उल्टै आफ्नो कमजोरी लुकाउन जनतामाथी दम’न गर्ने अनेक हर्कत हरु गर्दछ। त्यसैको प्रतिफल राजनितीक पार्टी माथिको प्रतिबन्ध लिन सकिन्छ। आजको युग मा मानिसहरुले आ-आफ्नो बिचार हरु अभिव्यक्त गर्ने कुरा मौलिक अधिकार भित्र पर्दछ । तथापी पश्चगामी शोच भएका र परिवर्तन लाइ स्वीकार नगर्ने सत्ताधारी शक्ति हरु राज्यको चरम दोहन गरिरहेका छन । यसको अर्थ अभिव्यक्ति स्वतन्त्रता को अधिकार माथी राज्यले चरम बल प्रयोग को फासिवादी व्यबहार प्रस्तुत गरिरहेको छ। जतिजती राज्य क्रु’र बन्दै जान्छ त्यसको दुई गुणा बिद्रो’ह गर्ने शक्ति संगठित बन्दै गैरहेका छन यो कुरा बिज्ञानसिद्ध पनि छ ।
बिगत केही समय देखि देशैभर र मुख्यत देश को पुर्वी भुभाग मा बि’द्रोही नेपाल प्रतिबन्धित नेपाल कम्युनिस्ट माथी व्यापक धरपकड र द’मन गरिरहेको कुरा सर्वादित नै छ। त्यसै क्रममा राज्य द्वारा नेपाल कम्युनिस्ट पार्टिका युवा नेता निरकुमार राई र कुरा पौडेल को निर्मम ह’त्या गरियो भने देशैभरी हजारौ नेताकार्यकर्ता हिरासतमा अमानवीय जीवन बिताइरहेकाछन । यसो हुदा प्रश्न उठ्दछ की ; के नेपाल मा बि’द्रोह गर्ने शक्ति ले राज्य विरुद्ध यु’द्धको संखघोस गरेको हो त ? यस्तो पनि देखिदन । के फरक बिचार राख्नु नै अप’राध हो त? के देश मा भैरहेको भ्रष्टाचार, तस्करी, कमिसनखोर र ब्यभिचारी विरुद्ध बोल्नु गलत हो ? के देश को स्वाधीनता को बारे बोल्नु अप’राध हो ? यदि तेसो होइन भने राज्य किन क्रू’र द’मन मा लागिपरेको छ ? किन ठाउँ ठाउँ मा बैयक्तिक स्वतन्त्रता समेत कुन्ठित हुनेगरी गुप्तचरहरु लाई घर घर मा खान्तलासी लिदै पक्राउ गर्ने उर्दि दिन पर्यो ? यो कुरा अत्यन्तै खे’दजनक छ । जसका कारण मोरंङ घट’ना बिम्बको रुपमा छर्लङ्ग प्रकट भएको छ ।

हरेक मानिस को पेसा के हो? मानिसलाई यो कोण बाट कहिले नाप्न हुदैन। त्यो मान्छे ले काम के गर्छ ? मानिसलाइ नाप्ने विधि त्यसको ब्यबाहार र काम हुन सक्छ।
पेशा ले जेसुकै भएपनी अपराधिक मनस्थिति भएका मान्छे हरु जस्तोसुकै निकृष्ट काम हरु गर्न सक्छ। हरेक मान्छे व्यबहारसिद्ध ढंगले दाँज्नु पर्दछ। शिक्षक होस या नेता वा क्रमचारी जे सुकै होस त्यो मान्छे ले समाजमा गरिरहेको व्यबहार र काम लाई दाज्नु पर्छ। अपराध निधार मा लेखिएको पनि हुदैन। मोरंङ घटना त्यसैको एउटा कसि हो । शिक्षक मारिने कुरा गलत हो । यसलाइ कुनैपनी दृस्ठिकोण बाट सहि ठान्नुहुदैन। तर के राजेन्द्र श्रेष्ठ शिक्षक मात्रै थिए त? के उनी मा’रिनुको कारण शैक्षिक पेशा मात्रै थियो ? यो कदापी हुन सक्दैन । यदि त्यस्तो हुन्थ्यो भने आज देशै भरी अनेक स्थानमा शिक्षक हरु मारिन सक्थे ! अनेक घट’ना शिक्षक हरु माथी हुनसक्थ्यो। बमकाण्ड गोकुल बास्कोटा लगाएत भ्रष्टाचार गर्नेहरुको घर मा नभैकन हजरौ शिक्षक को घरमा हुन्थ्यो होला । नेपाल लाई कर नतिर्ने एनसेल मा नभै शिक्षालयहरु टारगेट हुन्थेहोला। यसबाट के पुष्टि हुन्छ भने मोरंङ घटना शिक्षक केन्द्रित थिएन। देशैभरी का शिक्षक हरु यो कुरामा निश्चिन्त हुनपर्दछ।
समाजमा अनेक घ’टना हरु घटिरहदा शिक्षक बुद्धिजीवीहरु लाई अवस्य चासो धेरै हुन्छ। अझै शिक्षण पेशा गरिरहेका मान्छे हरु प्रती जुनसुकै घट’ना घट्दा त झन बढी चासो हुने नै भयो र हुन पनि पर्छ। समाजमा सबैभन्दा बढी बुद्धिजीवी को रुपमा शिक्षक लाई नै मान्नसकिन्छ। यसकारण पनि शिक्षक बढी चनाखो हुनपर्छ र समाजलाइ समस्या बाट झुध्न सक्ने विधि समेत सिकाउन पर्छ। शिक्षक बुद्धिजीवी समाज रुपान्तरण को जग बन्नसक्नुपर्छ। यसकारण कुनै घ’टनाको विश्लेषण गर्दा कुन पेसा थियो भन्ने कुरा लाई मुख्य गाइड लाइन बनाउन हुदैन र मोरंङ मा शिक्षक माथी भएको घट्ना मा पनि शिक्षण पेशा मुख्य गाइड लाइन बनाउन हुदैन। पेशाले शिक्षक भएपनी व्यबहारत उनी के गर्थे भन्ने कुरा मुख्य हुन्छ।
हामी संग अनेक तथ्य र तथ्यांक हरु छन। शिक्षण पेशा अत्यन्तै मर्यादित र सम्मानित हुदाहुदै पनि २०७६/७७ को बलात्कार को तथ्यांक हेर्ने हो भने देशैभरी भएका २०४४९ घटना मध्य ४५ बला’त्कारका घट’ना शिक्षक द्वारा घ’टाइएको देखिन्छ। यतिबेला प्रश्न गर्न सकिन्छ कि , के सबै शिक्षक हरु बला’त्कार गर्ने मानिस हुन त ? यदि एउटा शिक्षक ले गरेको अपराधिक काम सबै शिक्षक माथी नजिर बसाउने हो भने त्यसको नतिजा के हुन्छ ? त्यसले समाज कता तिर जान्छ ? त्यसकारण हरेक घट’नाहरु को बहुआयामिक कोण बाट निस्कर्ष निकाल्न पर्छ र मानिस को व्यबहार बाट त्यसको पुष्टि गरिनु पर्छ।
यसै क्रममा शिक्षक हरुद्वारा घटा’इएका केही घट’नाहरु अतन्तै निकृष्ट र गम्भीर प्रकार का छन ।

१: २०७६ फागुन ९ गते ललितपुर एक बिध्यालय का शिक्षक नन्द प्रसाद निरौला ले बल’त्कार गरेको उजुरी सोही बिद्यालय पड्ने बालिकाहरु ले निवेदन पेश गतेको थियो ! प्रश्न यहि नेर छ । नन्दप्रसाद निरौला लाई ब’लत्कारी भन्ने कि शिक्षक ?
२: २०७५ बैशाख/जेठ, #पर्वत फलेवास नपा. ६मा रहेको माझीगाउँ प्रा.बि. का प्रधानध्यापक समेत रहेका शिक्षक #खिलप्रसाद पौड्याल ले विद्यालयका ७ देखि १२ वर्ष उमेरका तिन वटी वालिकालाई अप्राकृतिक मैथु’न गरे ! यसलाइ शिक्षक भन्ने कि ब’लत्कारी ?
३: २३ असोज २०७७ घोराही स्थित एक बिद्यालयमा कार्यरत शिक्षक ले आफ्नै सहकर्मी शिक्षिका लाई यौन दुव्र्यवहार गरे ! शिक्षिका ले कैँची माग्दा आफ्नै यौ’न अंगमा कैँची राखेर लैजा भने ! यस्ता लाई शिक्षक भन्नेकी यौ’न पिपासु ?
४: २०७६ असार २६ गते भिमदत्त नगरपालिका वडा १७ स्थित महाकालीबाल बिधालय छात्र माधव कलौनी चार जना शिक्षक को कुटाइ बाट मृ’त्यु भयो । यस्तो घ’टनामा संलग्न लाई शिक्षक भन्नेकी ह’त्यारा ?
५: झापा साविक गरामनी गाविस वार्ड नम्बर २ हाल बिर्तामोड नगरपालिकाका ४ बस्ने ४३ वर्षीय शरण भट्टराई पोखरामा अध्यापन पेशा गर्दथे । २०६५ चैत्र २९ गते पैसाको लोभ मा आफ्नै गाउँ का युवाको ह’त्या गरि ६५ हजार चोरेर भारत फरार भए। यस्तो घ’टना लाई लसरी बुझ्ने ?
६: २०७४ पौष १५ गते १२ वर्षीया बालिकालाई चितवनको रत्ननगर–१ स्थित झरानाथ बालविकास केन्द्रमा आश्रय दिएका ६३ वर्षीय पूर्वशिक्षक गोविन्द ढकालले गत वैशाख महिनादेखि नै निरन्तर शारी’रिक सम्बन्ध राखेको खुल्यो । यो घट’ना को बारे के बुझ्ने?
७: २०७६ श्रावण ९
विराटनगर घर भई उदयपुर जिल्ला चौदण्डी नपा ७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक २८ वर्षीय #राजेशकुमार कानोडिया ले पोखराको लेकसाइडस्थित #डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको कोठामा एउटि किशोरीलाई बन्धक बनाई जबर्जस्ती क’रणी गरे ! यसको जवाफ के हुन्छ?
८: २०७७ जेठ १५
महाराजगन्ज नगरपालिका–२ उनवलियामा १५ वर्षीया बालिका शिक्षकबाटै बला’त्कृत भएकी छन् । महाराजगन्ज–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय औराहाका शिक्षक २८ वर्षीय #गोरखनाथ लोहारले बालिका बला’त्कार गरेका हुन् । अहिले उनी फरार भएका छन् । यो घट’नाको बारे के बुझाइ हुनसक्छ ?
९: २०७७ भदौ २३
बैतडी #सिगास गापा एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक #खडक बोहरा, #केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बला’त्कार गरेको प्रमाणित भयो । यो घट’ना कुन रुपमा लिनुहुन्छ ?
१०: २०७५ असोज २१
काभ्रे सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक शंकर पहरिले कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई जना छात्रालाई ब’लात्कार गरेको पुष्टि भयो ! यो घ’टना को सन्दर्भ मा के बुझाइ हुनसक्छ ?
११: २०७७ भदौ १७
सल्यानमा एक निजी विद्यालयका फाउन्डर तथा शिक्षक ३१ बर्षिय रामचन्द्र केसि १५ बर्षिय किशोरी ब’लत्कार गरे ! तत्पश्चात किशोरी ले उउरि दिन र फेरि अ’पहरण गरि सम्पर्क बिहिन बनाए। के यो शिक्षक को पेसा थियो?
१२: २०६९ फागुन ८
रुपन्देही, ८ फागुन । रुपन्देहीकी हर्नैया गाविस ६ स्थानिय सरस्वती प्राविका निमित्त प्रधानाध्यापक जितु भन्ने २२ वर्षिय भीमनारायण थारुले सोही गापा १८ वर्षिया भुजू थरकी युवती लाई गाई भैंसी लाई पराल लिन खेत मा गएको मौका पारेर पछाडी बाट मुख छोपी ब’लत्कार गरे । यस्तो घ’टना कसरी बुझ्ने ?
१३: २०७५ असोज २८ सोलोखुम्बु
सोलुखुम्बुको पासाङल्हामु गापा एक शिक्षक १५ बर्षिय मोहन घिमिरे ले आफैले पढाइरहेकी ९ वर्षीया विद्यार्थीलाई पढाइदिने निउ गर्दै आफ्नै डेरामा बोलाएर ब’लात्कार गरे ! यसको बारेमा जवाफ के हुन्छ?
१४: २०७५ फागुन १४
बझाङमा दुई शिक्षक शिवराज जोशी र वसन्त ओलिले दुर्गास्थली मा एक किशोरीलाई ७ महिना सम्म ब’लात्कार गरेको र पेट मा बच्चा समेत पुष्टि ! यो घ’टनालाई कसरी बुझ्ने ?
माथीका केही उदाहरण मुलक घट’नाहरु मात्रै हेर्दा समेत आम मानिस ले के बुझ्ने ? र तपाईं शिक्षक बुद्धिजीवीहरु के जवाफ दिनुहुन्छ ?
समाज ले शिक्षक बुद्धिजीवीहरु बाट कस्तो जवाफ को आशा गर्ने ? के यसको जवाफ दिन जरुरी देखिदैन? के जवाफ दिन बाट शिक्षक बुद्धिजीवीहरु भाग्ने त ? होइन कदापि जवाफ दिन बाट पछाडी हिड्न हुदैन। सबै शिक्षक ले यसको जवाफ दिन सक्नुपर्छ र सक्नुहुन्छ। यो कुरा सम्पुर्ण बुद्धिजिवी र व्यावसायिक मानिसहरु मा पनि लागू हुन्छ। त्यसकारण मोरंङ घट’ना ब्यक्ति ह’त्या नभै अरु नै कारण थियो र यसलाइ फरक पाटो बाट विश्लेषण गरिनु पर्दछ। ब्यक्तीह’त्या भनेर क्रा’न्तिकारी र परिवर्तनकारी शक्तिहरु विरुद्ध बिष बमन गर्नुभन्दा गल’त बाटो मा हिडिरहेको भ्रष्ट, दलाल तस्करी मनस्थिति भएका शासकहरु ले नेतृत्व गरिरहेको दलाल संसदीय व्यवस्था विरुद्ध सं’घर्ष गर्नु आजको अनिवार्य आवस्यकता हो ।