राजनीति
सत्तारुढ दल नेकपाकाे स्थायी समितिकाे बैठक सकिएकाे छ । बैठकमा केन्द्रीय समिति सदस्य एवम् पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेकाे छ। बैठक पुस १ गतेसम्म का लागि स्थगित गरिएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक सकिएको छ । नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहे । गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ । अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
लामाको निधनलगत्तै गत साता पार्टीले वक्तव्य जारी गरिसकेको छ । यसबीच दुई जना अध्यक्षले समेत छुट्टाछुट्टै वक्तव्य निकालेर शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए। बहालरत केन्द्रीय समिति सदस्यको निधनमा स्थायी समितिको चालु बैठकले शोक प्रस्ताव पारित गर्नैपर्छ ।