logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रेष्ठलाई पदबाट राजिनामा दिन बास्काेटाकाे आग्रह, खाेले यस्तो पाेल


  • राजनीति
  • आइतबार, मंसिर २८ २०७७

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेता बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुमाथि लागेको आरोप छानबिन गर्न सार्वजनिक पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

‘विवादमा तानिदा समेत सार्वजनिक पदमा बसिरहनु राम्रो हैन,’ उनले भने, ‘ममाथि ठूलो आरोप आइलाग्दा मैले आरोपका विषयमा अनुसान्धान गर्न बाटो खल्दै राजीनामा दिएको हो, उनले पनि यति गर्दा हुने हो ।’

लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि विवादमा तानिएको विषयमा अनुसन्धान हुनुपर्ने बताउँदै बाँस्कोटाले सही गलत छुटिने समय सम्म सार्वजनिक पद ओगट्नु कम्युनिस्टको भावना विपरित हुने बताए ।

कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि नारायणकाजी विवादमा तानिएका छन् ।

यस्तै नेता बास्काेटाले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन राजीनामा माग गर्ने पक्षलाई चुनौती दिएका छन्। आइतबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले नेकपा भित्रको विवाद सँगै प्रधानमन्त्रीको राजीनामाको चर्चाका विषयमा बोल्दै यसको निर्णय संसदीय दलले मात्रै गर्न सक्ने बताए ।

‘प्रधानमन्त्री हटाउनु छ भने या त संसदीय दल फेस गर्नुपर्‍यो, पार्टी अध्यक्ष हटाउनु छ भने चार महिनापछि महाधिवेसन गर्नपर्‍यो, कुरा यति मात्रै हो,’ नेता बाँस्कोटाले भने । यी बाहेकका कुनै विकल्प नरहेको बताउँदै उनले अन्य विकल्प खोज्दै पार्टीभित्र बखेडा झिके त्यसले नेकपा मात्रै नभइ देशलाई नै अस्तव्यस्त बनाउने बताए ।

‘पार्टी विगार्न खोज्दा देश बिग्रने खतरा उनीहरुले देखेका छैनन्,’ बाँस्कोटाले भने,‘प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी ओलीलाई हटाउन खोज्दा जनताको जवाफ कहाँ गएर दिन्छन् ?’

यो नेकपा पार्टी साना दुःखले निर्माण नभएकाले यसलाई जोगाई राख्न संवाद र छलफल नै उत्तम विकल्प भएको उनको भनाइ छ । ‘सम्वाद र छलफल जारी छ, हामी पार्टीलाई जोगाउने पक्षमा हो,’उनले भने, ‘बिगार्न खोज्ने आफै बिग्रदै जान्छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार