राजनीति
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पुर्व विद्यार्थी अध्यक्ष तथा चर्चित युवा नेता पुर्ण बहादुर सिंहलाई प्रहरीले गिरफ्तार जिल्ला रुपन्देही ले साधारण तारेखमा रिहा गरेपनि अदालत हाताभित्र पुन गिरफ्तार गरि पाल्ला लिने तयारी गरेकाे छ ।
गत मंसिर २० गते रुपन्देहीबाट नेता सिंहलाई प्रहरीले गिरफ्तार गरेकाे थियाे । लामो समय क्रान्तिकारी बिद्यार्थी आन्दोलनमा सहभागी सिंह बिद्यार्थी माझमा लोकप्रीय र स्थापित नेता मानिन्छन् । पछिल्लो समय अदालतले विप्लवन नेतृत्वकाेे नेकपाका नृता कार्यकर्ताहरु छाेडेपनि प्रहरीले भने विभिन्न वाहानामा पक्राउ गरि झुटा मुुद्दा लगाउने र अन्य जिल्ला मा लैजाने गरेकाे छ ।
सिंह सहित अर्का एकजना पनि गिरफ्तार भएकाछ्न थिए ।
ओली सरकारले प्रतिबन्ध घाेषणा गरे पश्चात् हालसम्म विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ पाेलिट ब्युराे सदस्य भरत बम ‘रणविर’ ओम प्रकाश पुन लगायत करिव १४ सयकाे हाराहारीमा नेता कार्यकर्ताहरु विभिन्न मुद्दामा जेल तथा हिरासत छन् ।
विप्लव नेतृत्वको नेकपामाथी काे प्रतिबन्ध प्रति सुरक्षा निकायका उच्च अधिकारी देखि राजनीति दलसम्म सर्वत्र विराेध भइरहेकाे छ।
सरकारले राजनीतिक पार्टी र राजनीतिक आस्थाको आधारमा नेता कार्यकर्तामाथि अनावश्यक दमन गरेर गृहयुद्ध निम्त्याएको बिश्लेषकहरु बताउछन् ।