logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दलाल पुँजिबादको समाजवादी मुकुण्डो


  • D.B.सर्वश्रेष्ठ
  • बुधबार, पुष १ २०७७

दलाल पूँजीवादका सक्कली अनुयायीहरु समाजबादको यात्रा तिर दौडिरहेको कृत्रिम सोचले इन्द्रजालको खेल झै जाल झेलको खेल खेल्दै साजिक भ्रमको खेती गर्न्नु कति सहज होला ?

अचम्म मान्नु पर्दैन किन कि पुजीवादी संसोधिय ब्याबस्था भनेकै जालझेल षड्य’न्त्र अन्याय र अत्याचारको सुत्रधार हो ! जस्ले पुजिबादको जन्म गराउछ र मानिसलाइ लोबि र स्वार्थी बनाइदिन्छ । यस्तो आसमान जनक राजनैतिक ब्याबस्थाले नेतृत्व गरेको हाम्रो देशमा अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर संविधानको प्रस्तावनामा उल्लेख गरेको छ तर संविधानको अन्तर बस्तु पुणरुपमा नेपाली अर्थ राजनीतिमा दलाल पूँजीवादलेनेतृत्व गरेको छ ।यस्तो अबस्थामा कसरी समाजबादी यात्रा तयार हुन्छ ? ।आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ ।

समाजवादी व्यवस्था जहाँँ योग्यता अनुसारको काम र आबासेक अनुसारको पारीश्रम प्राप्त हुने वा श्रमको उचित मूल्य हुन्छ । श्रम गर्न सामथ्र्य राख्नेहरुलाई फलदायी र समाजमा भएको असमान्ताको अन्य हुन्छ! जेष्ठ नागरिक, अपाङ्ग, ससाय जो शारिरिक श्रम गर्न असमर्थ हुन्छन, उनीहरुलाई सामाजिक सुरक्षाका सुविधा प्रदान गरिन्छ, जसले उनीहरुको जीवन यापन, स्वास्थ्य उपचार, मनोरन्जनका सुविधालाई सुनिश्चित गर्दछ समाजबादको एक खुर्किलो त्यहाँ भेटिन्छ । तर यस्को ठिक उल्टो दमन अत्याचार दम्म घमण्ड लोब लालचले नक्कली सामाजबादीहरुलाइ मुखुण्डो खोलिदिएर समाजमा नाङ्गो बनाइदिएको छ तर पनि नेपाली जनतालाइ भ्रमपुण यात्राको पर्दा बन्द छ भन्ने चिन्तन कायम नै रहेको छ ।

समाजमा विद्यमान बेरोजगारीको स्थितिको अन्त्य गरि आर्थिक समानता र सामाजिक न्यायको सुनिश्चितता संगै उच्च र दिगो आय बृद्धि बाट सम्बृद्धि समाजका लागि सोच चिन्तनमा बिजय हासिल गर्दै समाजवाद प्राप्तीको दिशामा अगाडी जाने जुन बाटो छ, त्यस्को अबरोध दलाल पुजीवादी ब्याबस्था र त्यस्का मतियार समाजका आयातित पुजिबाद्का बुखेजाहरुबाट मुलुकमा अवरोध सृजना गरेको छ यो राजनैतिक कुरा हो ।

अर्थतन्त्रको सवालमा

यतिखेर मुलुकको अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थाबाट गुज्री रहेको छ । ५० को दशक देखी मुलुकमा खुल्ला एवं उदार अर्थनीतिलाई अवलम्बन गर्न थाले यताको साढे तिन दशकमा भएका आर्थिक क्रियाकलापले देशलाई आत्मनिर्भर होइन पर निर्भर बनाउँदै लगेको छ । यसो हुनुमा उदार अर्थनीतिले राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रबाट क्रमशः हात झिक्नु पर्दछ भन्यो र यि सबै काम नीजि क्षेत्रले गर्दछ भनेर अर्थतन्त्रलाई खुल्ला छोडियो । तर उदारीकरणले देशमा विकास गर्नुको सट्टा दलाल पुँजीको विकास गर्न थालेको छ । सामाजबादको नारा लगाउने हरु निहित सोर्थ बोकेका पुजिपतिका फेरो समातेर बिचौलिया बन्ने र कमिसनको ठूलो खेलमा लाग्न्नु र पुरातन्न बादी सोच चिन्तनलाई मल जल गर्दै उदारीकरण नीतिमा जहाँ नाफा हुन्छ, जहाँ थोरै श्रमिक र थोरै तलब सुविधा दिए हुने क्षेत्रमा नीजि क्षेत्रले हात हाल्यो । यस क्रममा उद्योगधन्दा खोलेर उत्पादन र रोजगारी बृद्धि गर्नुको सट्टा व्यापार गरेर कमिसन र मुनाफा कमाउने तर्फ नीजि क्षेत्र लाग्यो हरुलाइ प्रोत्साहन गर्दै दलाल पुँजीको विकास र संरक्षक बन्न थाल्योे र देशमा उत्पादित बस्तुमा निरुत्साहित गर्दै रास्टिय गौरबका कल कार्खानाहरु थाला जुन्याएर बहुराष्ट्रिय निगमका कम्पनीले उत्पादन गरेका बस्तु भित्रियाउन सहजीकरण गर्दै बजारमा विदेशी बस्तु छ्यापछ्याप्ती बनाउने भुमिका खेन्न थाल्योे । त्यस पछि विदेशी बस्तुको तुलनामा स्वदेशी उत्पादित बस्तुहरु महंगो हुन थाले । स साना , मझौला उद्योग क्रमशः धारासायी हुन थाले, कच्चा पदार्थको कारण देखाउदै नयाँ उद्योग धन्दा खोल्नु भन्दा व्यापार गरेर नै मुनाफा कमाउने व्यापारिक नीतिबनाएर आफुलाइ मजौले बनाउनुका कारण अहीले मासिक झण्डै साडे २ खर्बको हाराहारिमा व्यापार घाटा पुगेको छ, यता निर्यात व्यापार आयात व्यापारको तुलनामा नगन्य छ । आयात व्यापार र निर्यात व्यापारको अनुपातको खाडल झन झन बढ्न थालेको छ । कुल गाहस्र्थ उत्पादन ३० खर्बको हाराहारीमा रहेकोछ, तर बस्तु आयातमा १३\१४ खर्बको रकम विदेशीने गरेकोे छ । यस्तो झर झर अवस्था निम्ताउने पुजिबाद र त्यसका दलालहरुले कमिसनको लोबमा देशभित्र उत्पादनशील उद्योग र व्यवसायको विकास गर्न बाट रोक लगाउदा ८० लाख भन्दा बढी युवा बेरोजगारहरु रोजगारीको खोजीमा विदेश तिर जान बाध्य भएका छन् ! गरिब मजदुर किसानको ब्याध्यतालाई अनि आफ्नो आय आर्जनको माध्यम बनाएर आफ्ना कार्यकर्तालाइ एजेन्ड खडा गरि बिदेशीलाई बिर्की बट्टा गरि दासहरुको मुलुकको रुपमा स्थापित गर्न्न पनि पछि परेन्न कार्य गर्न्नु भनेको दलालपुँजीवादको विशेषता हो ।

यो ब्याबस्थाले विदेशी पुँजी र उत्पादनमा पनि बैदेशीक रोजगार गरेर प्राप्त भएको रेमीटान्स अर्थतन्त्र धानेको भनिए पनि केही प्रतिशत भन्दा बढी रेमिट्यान्स रकम उपभोग्य क्षेत्रमा नै खर्च हुने गरेको छ ! यसो हुनुमा जनताका आधारभूत आवश्यकताका बस्तु तथा सेवाहरु, शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा व्यापारीकरण र नीजिकरण भएको छ । यसै भएर महंगो मूल्यमा यी बस्तु खरीद गनुृपर्ने हुँदा उपभोग खर्च बढेर गएको हो । देशमा ९ खरबको हाराहारीमा मात्र राजश्व उठती हुने र सो बराबरको रकम नै साधारण खर्च हुने गरेको कारण विकास निर्माणका लागि राजश्वबाट राष्ट्रियपूँजी नै निर्माण नहुने स्थिति बन्दै गएको छ ।झन अहिलेत विश्व ब्यापी कोबिट १९ को नाममा तयार भएर फैलिएको को भाइरसले त यो अर्थ ब्याबस्थालाइ पुरै तहस नहस बनाएको छ । यसरी एकातिर देशमा भएको रकम विदेशी बस्तु खरिद मै केन्द्रित हुने र यसले अर्को देशको उत्पादनमा सहयोग पुर्याउन थाले पछि दलाल पुँजीलाई सयोग पुग्दछ । यसरी विदेशीएको पूँजीले नत उत्पादनमा, नत श्रममा नत रोजगारी बृद्धिमा नै सहयोग पुर्याउँदछ । यस्तो पूँजी नै दलाल पुँजी हो । काल माक्र्सको सोलोगनले भाषामा भनिए अनुसार विदेशी पूँजीको दलाली गर्ने र विदेशी माल बस्तुको विक्री वितरण गरि कमीशन खाने र अधिकतम मुनाफा कमाउने गरि त्यस तर्फ लगानी गरिएको पूँजी नै दलाल पुँजी हो ।

दलाल पुजिले बनाउने संयन्त्र भनेको

व्यापार गर्दा कर छली गर्न र कर मिनाहाका लागि कर्मचारी तन्त्र, राजनीतिज्ञ र प्रशासनिक समेन्त्र सम्म आफ्नो पोहुज राख्ने र अकुत धन सम्पत्ती आर्जन गर्ने र ब्यागतिगत पुजिको, बिकाशको बिकाशमा लागि पर्ने प्रबृतिलाई किहि हिस्सेधार भएर उभिनुनै दलाल नोकरशाही पूँजीवाद हो । यस्तो दलाली गर्नेहरुले तल्लो तहको प्रशासन, जन प्रतिनिधि देखी उच्च तहका प्रशासन, राजनीतिज्ञ, न्यायालय सबैतिर संन्जाल फैलाएका छन् ।

दलाल पूँजीले एकाधिकार, र बिचौलेहरुलै प्रोत्साहन गर्दछ । थुप्रै विकास निर्माणका ठेक्का पट्टा एक जना मात्र व्यक्तिले प्रशासन र राजनीतिज्ञको सहयोग लिएर हत्याउने, तर समयमा योजना पुरा नगर्ने, गुणस्तरहिन ढंगले विकास निर्माणका कार्यसम्पादन गर्ने र कामदार माथी पनि लुट मच्चाउने र उत्पादित पुजिमाथी एकाधिकार काएम राखी अन्य कारण देखाइ सरकारी अनुगमनलाई फितलो बनाउने गरिन्छ भने नेपालमा केही उपभोग्य बस्तुको आयात गर्न एक दुईजना व्यापारीले मात्र लाईसेन्स पाउने र उनीहरुले नै बजारमा बस्तुको अस्वभाविक मूल्य तोकेर सर्वसाधारण जनतालाई महंगो बस्तु खरिद गर्न बाध्य बनाउने जुन प्रबृत्ति छ, यो नै एक उधारण हो ।
नेपालबाट बर्षेनी ७७ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु, र अंगहरुको तस्करी, मानव बेचविखन, विदशी मुद्राको अवैध कारोबार, गर्नेहरुनै राज्य सन्चालनका पर्दा पछाडिका हिमाइतीहरु बन्नेर उनिहरुकै गुरु योजनामा सत्ता संचालक हुने गरेकोछ त्यसैले
यसरी आयातित महंगो बस्तु जनतालाई निरन्तर किन्न बाध्य बनाउने भएपछि सर्वसाधारणले आर्जन गरेको रकम प्रायः यस्तै महंगो मूल्यमा खरिद गर्नु पर्दा आम्दानी भएको रकम बचत नहुने नै भएर हाम्रो देशमा बचत परिचालन दर 9÷१० प्रतिशतको हाराहारीमा मात्र रहेको छ । यसले गर्दा राष्ट्रिय पूँजी निर्माणको दर पनि न्युन रहेको छ । एकातिर राष्ट्रिय पूँजीको परिचालन दर न्युन हुने अर्को तिर दलालीका माध्यमबाट आर्जन भएको पूँजी राष्ट्रिय पुँजीको दायरामा नआउने अहिलेको अर्थतन्त्र भित्रको प्रमुख बिषय हो । त्यसिले यो ब्याबस्थामा
अबैध ढंगले कमाएको पैसा स्वीस बैंकमा मात्रै नेपालीहरुको ९० अर्ब भन्दा बढी रकम जम्मा भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तै नेपालबाट बर्षेनी ७७ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु, र अंगहरुको तस्करी, मानव बेचविखन, विदशी मुद्राको अवैध कारोबार, गर्नेहरुबाटै यस किसिमको गतिविधि हुने गरेकोछ । यि सबै खुल्ला अर्थतन्त्रका नाममा भित्रिएका विकृती विसंगती हुन, जसले दलालपुँजीबादी ब्याबस्थाको विकास गरेको छ।

दलालपूँजीको विशेषता भनेकै कर छली गर्ने, कर मिनाहा गराउन राजनीतिज्ञ र कर्मचारीतन्त्रको सहारा लिने, उत्पादनशील एवं रोजगारी बृद्धि गर्ने तर्फ लगानी नगर्ने, आर्जन गरेको रकम देश भित्रै पुर्ण लगानी नगर्ने प्रबृत्ति रहन्छ । अर्थ शास्त्रीय भाषामा भन्नु पर्दा पुँजीले पूँजी पुनः उत्पादन गर्न सक्नु पर्दछ, यसो भयोभने त्यस्तो पूँजी उत्पादनशील पूँजी हुन्छ, जसलाई राष्ट्रिय पूँजीको रुपमा पुनः लगानी गर्न सकिन्छ ।

पैसा कमाउने (कर छली गरेर) तर उत्पादनशील क्षेत्रमा लगानी नगर्ने, यस्तो पूँजी दलालीको रुपमा विकास हुँदै जादा नेपालमा सम्पत्ती शुद्धीकरण जोखिम सूचाकाङ्कमा सार्क मूलुक मध्ये जोखिम पूर्ण स्थानमा रहेको छ नेपालमा अबैध कारोबारको आकार निकै ठूलो भएको र दलाल पूँजीको विकास तीब्ररुपमा बढ्दै गएको सहज अनुमान गर्न सकिन्छ।

यसरी अर्थतन्त्रमा नवउदारबादका नाममा विकास भइ रहेको दलाल पुँजीवादले देशलाई समाजवादको यात्रा तर्फ लैजान व्यवधान खडा गरि दिएको छ। तर समाजवादी व्यवस्थाका लागि भन्दै दलाल पुजिबादी ब्यवस्थामा रमाउदै जनतामा झुटको खेती गर्दै समाजबाद्को सपना बाडिरहेका छन् यस्तो नौ टन्की पुर्ण जालझेल बाट मुक्त हुन जरुरी छ अहिले को सत्ता धारी पाटी बिचको अन्तर बिरोध पनि बिचार सिन्धान्तमा नभएर बुजिबादी हरुको अनुकुल अनुसारको सत्ताको लागि मात्र हो यस्ले कुनै पनि जनताको जिबनमा फरक ल्याउन सक्दैन ! ………………..क्रमशः

D.B. सर्वश्रेष्ठ पुर्ब मजदुर नेता हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार