logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा नेता सिंह पुनः गिरफ्तार, गुल्मी पुर्याइयो


  • राजनीति
  • बिहिबार, पुष २ २०७७

बिद्रोही नेपाल कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चाका नेता मीनबहादुर आलेलाई बुधबार पाल्पा जिल्ला अदालतले बिना धरौटी रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरी गुल्मी लगेको छ ।

पाल्पा जिल्ला अदालतले बुधबार साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः  नेताद्धयलाई गिरफ्तार गरेको हो । मंगलबार रुपन्देही जिल्ला अदालतबाट साधारण धरौटीमा रिहा भएका नेताद्धय सिंह र आलेलाई अदालतबाट रिहा गरेपनि अदालत परिसरभित्रैबाट गिरफ्तार गरेको थियो । पुनः गिरफ्तार गरी पाल्पा लगेको थियो ।

उनीहरुलाई प्रहरीले पार्टी संगठनको कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेला मंसिर ४ गते बुटवलबाट पक्राउ गरेको थियो । पक्राउ गरेसँगै नेताद्धयलाई विस्फोट सम्बन्धी कसुरमा प्रहरीले मुद्धा लगाएको थियो ।

उनीहरुको पक्राउसँगै नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले नेता सिंह र आलेलाई प्रहरीले लगाएको झुठा मुद्दा खारेज हुनुपर्ने भन्दै उनीहरुलाई तत्काल रिहा नगरे दलाल राज्यसत्ता विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताएका थिए ।

नेता सिंह र आलेको गिरफ्तारी गलत भएको भन्दै उहाँलाई तत्काल रिहाइका लागी सर्वत्र माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार