logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्ड वढी भए गणेशमानकाे हालत बनाइदिने चेतावनी


  • राजनीति
  • शुक्रबार, पुष ३ २०७७

सत्ताधारी दल नेकपामा आन्तरिक द्व’न्द्व समाधान हुन जत्ति ढिलाइ हुँदै छ उति नै तल्लो तहसम्म सं’घर्ष चर्किन थालेको छ । नेकपाको झगडा मुहानबाट नहर (प्रदेश) हुँदै अब गाउँ–गाउँ अर्थात् पैनी पैनीसम्म पुगेको छ ।

पूर्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको समूह प्रदेश र जिल्लास्तरीय भेला गरेर गाउँ–गाउँसम्म जाने तयारीमा छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह पनि प्रदेश स्तरीय भेला गरेर जिल्ला स्तरीय भेलाको तयारीमा जुटेको छ । ओली पक्षले युवा संघलाई भेलामा सहभागी गराइरहेको छ । प्रचण्ड र नेपाल समूहले भने विद्यार्थीको भेला आयोजना गरिरहेको छ ।

२७ मंसिरमा ओली समूहले मोरङको गोठगाउँमा शक्ति प्रदर्शनसहित युवाहरूको भेला सम्पन्न गरेको छ । उता, २८ मंसिरमा नेपाल–दाहाल पक्षले प्रम ओलीको गृहनगर झापाको दमकमा प्रदेश स्तरीय अनेरास्ववियुको भेला सकेको छ ।

गोठगाउँको भेलामा ओली पक्षका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रमुख अतिथि थिए । त्यहाँ उनले पराजित मानसिकता बोकेकाहरूले राष्ट्रभक्त नेता ओलीलाई असफल बनाउन ष’ड्यन्त्र गरिरहेको बताए । उनले गाउँ–गाउँमा गई पराजित मानसिकतालाई पराजित गर्न जनताको बहुदलीय जनवाद जिन्दावादको नारा घन्काउन युवा कार्यकर्तालाई निर्देशन दिए । उनले नेकपाको रंग र लिं’गको पहिचान गराउने काम नेता ओलीबाट भएकाले उनलाई कसैले चाहँदैमा अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन नसक्ने दाबीसमेत गरे ।

एकताका लागि युवा अभियान भनिएको मोरङको गछियामा आयोजित उक्त भेलामा मदन भण्डारी फाउण्डेसन प्रदेश १ का संयोजक गोपाल गुरागाईं, युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतलगायतले ओलीजस्तो राष्ट्रभक्तमाथि जालझेल गर्न खोजेको भन्दै प्रचण्डलाई कांग्रेसमा गणेशमानको जस्तै अवस्थामा पु¥याइदिने चे’तावनी दिए ।

भेलामा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलले नेता ओलीको अगाडि प्रचण्डलाई केही होइन भन्दै दया प्रकट गरे । युवा नेताहरूले इतिहासमै पहिलो पटक ओली सरकारले राम्रो काम गरेको दाबी गर्दै आफ्नै पार्टीभित्रका गुटले बदनाम गराउने काम गरिरहेको आ’रोप लगाए ।

उक्त भेला अगाडि युवाहरूको समूहले मोटरसाइकल ¥याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । माओवादीलाई पार्टीबाट अलग गरेर पूर्वएमालेहरू एक हुनुपर्नेमा पनि जोड दिइयो । उनीहरूले पार्टीलाई कुनै हालतमा अल्पमत र बहुमत प्रणालीमा जान दिन नहुनेमा जोड दिएका थिए । ओली समूहले लगत्तै झापाको दमक, बिर्तामोड, मेचीनगर र भद्रपुरमा भेला गर्दैछ ।

यता, २८ मंसिरमा झापा दमकको भेलामा नेपाल र प्रचण्ड पक्षका नेताहरू केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डल, प्रदेश १ का अर्थमामिला मन्त्री इन्द्रबहादुर आङबो, प्रदेश सांसद झलक दर्लामी, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, केन्द्रीय सदस्य वसिम आलमलगायत सहभागी थिए । उनीहरू सबैले प्रधानमन्त्री ओलीले भारतको गुप्तचर संस्था ‘र’ का प्रमुखलाई सुटुक्क भेट्नु आ’पत्तिजनक भएको भन्दै नेकपा पार्टी विधि विधानअनुसार चल्नुपर्ने, प्रम ओली सच्चिनुपर्नेमा जोड दिएका थिए ।

प्रम ओलीले सरकारमाथि लागेका आ’रोपको छानबिन गर्न रोकेर आफैँ अदालत बनेको आरोप पनि प्रचण्ड–नेपाल पक्षका नेताहरूको थियो । यो पक्षले हिजो मंगलबार प्रदेश १ को राजधानी विराटनगरमा जिल्लास्तरीय युवा र विद्यार्थीको भेला गरेको छ ।

प्रधानमन्त्री ओलीले १९ कात्तिकमा पहिलो पटक जुममार्फत प्रदेश १ स्तरीय कार्यकर्ता भेला आयोजना गरेका थिए । त्यसपछि ओली समूहले निरन्तर अनौपचारिक भेला गर्दै आएको छ । प्रचण्ड नेपाल समूहले पनि १० मंसिरमा सुनसरीको इटहरीमा प्रदेशस्तरीय भेला गरेको थियो । विश्लेषकहरूका अनुसार नेकपामा जारी आन्तरिक द्व’न्द्व चाँडै समाधान भएमा अब गाउँ–गाउँसम्म गुटका द्वन्द्व फैलँदै जाने र त्यसले अन्त्यमा नेकपालाई फुट्न बाध्य बनाउनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार