logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपतिले मास्क नलगाउदा ४ लाख जरिवाना


  • एजेन्सी
  • आइतबार, पुष ५ २०७७

कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३५ सय डलर (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तोकिएको छ ।

यो महिनाको सुरुवातमा एक महिलासँग राष्ट्रपति पिन्येराको एउटा सेल्फी सोसल मिडियामा भाइरल भएको थियो । यो तस्बिरमा न राष्ट्रपतिले न ती महिलाले मास्क लगाएका थिए ।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले उनीसँग सेल्फी खिच्न चाहँदा आफूले मास्क लगाउनु पर्ने बताएका छन् ।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।

चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ ।

ल्याटिन अमेरिकाको देश चिली ती देशमा समावेश छ जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

जोन होप्किन्स युनिभर्सिटीका अनुसार यहाँ कोरोनाका ५,८१,१३५ संक्रमित भेटिएका छन् जबकी अहिलेसम्म कोरोनाका कारण १६ सय ५१ जनाको मृ’त्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार