logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग..सकियाे बालुवाटार बैठक, के निर्णय भयाे हेर्नुस्


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गरेका थिए । आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरिरेका छन् ।ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा ‘विशेष सम्बोधन’ गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने सहभागी छैनन् । तर पूर्वमाओवादीबाट मन्त्री सहभागी भएको जनाइएको छ। लेखराज भट्ट पनि बैठकमा सहभागी छन् ।

आइतबार संविधानमा हुँदै नभएको अधिकारी प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका छन्।

संसद विघटन गरेपछि अहिले ओलीइतर नेकपा नेताहरु पनि छलफलमा जुटेका छन्। विपक्षी दलहरु सरकारको पछिल्लो कदमविरुद्ध सडक संघर्ष गर्ने तयारीमा छन्।
नेकपा स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। नेकपा फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँगको छलफललाई तीव्रता दिएका छन्।

यसैबीच नेकपाका कार्यकार्य अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको हो।

लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी भएका छैनन।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार