logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कृष्णबहादुर महरा नेकपा बैठकमा इन्ट्री


  • राजनीति
  • मंगलबार, पुष ७ २०७७

पूर्वसभामुख कृष्णबहादुर महरा पहिलोपटक नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । बैठकले उनलाई स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।

स्थायी समितमा लैजाने निर्णय गरेलगत्तै महरा बैठकमा सहभागी भएका हुन् । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका छन् ।

नेकपा बनेपछि महरा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिएनन् । निजी सचिवालयकी महिलासँग नाम जोडिएपछि उनले तत्कालीन सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई सो केसमा अदालतले सफाई दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार