logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

इजलासमा जबराकाे प्रश्न जनतामा जान्छु भन्दा राेक्न मिल्छ र ?


  • राजनीति
  • शुक्रबार, पुष १० २०७७

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनतामा जाने निर्णयलाई रोक्‍न मिल्छ र भन्‍ने आशयको प्रश्‍न गरेका छन्।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट वकिलहरूले दाबी जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले यस्तो प्रश्‍न गरेका हुन्। उनको प्रश्‍न थियो, ‘जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि ‘तिमी सरकार नै चलाऊ भन्ने हो ?’

निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने जिकिर गरेका थिए। ‘निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?,’ प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

संसद विघटनविरुद्ध परेका १२ वटा रिटउपर संवैधानिक इजालसमा शुक्रबार प्रारम्भिक सुनुवाइ भएपछि सर्वोच्च अदालतले सरकारसँग कारणदेखाउ आदेश जारी गरेको छ। रिट निवेदको मागबमोजिम विघटनको निर्णय रोक्‍न अन्तिरिम आदेश शुक्रबार जारी भएन। यसमा बहस र प्रकिया लम्बिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार