राजनीति
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आएका छन् । उप–मन्त्रीसहित चार सदस्यीय टोली मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिईकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
‘सुरक्षाबारे दूतावासमा चासो राख्दा अहिले आवश्यक नपर्ने बताउनुभएको छ’ गृहमन्त्रालयका ती अधिकृतले भने–‘भ्रमण तालिका पनि सार्वजनिक गर्नुभएको छैन् ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।