logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुख्यमन्त्री भट्टकाे पद धरापमा, प्रचण्ड समुहकै असहयाेग


  • राजनीति
  • मंगलबार, पुष १४ २०७७

भखरैै विभाजनबाट क्षतबिक्षत भएको नेकपाकाे प्रचण्ड ओली समूह निकट ७ नम्बर प्रदेशका मुख्यमन्त्रीले आफुलाई आफ्नै समूह अर्थात प्रचण्ड दाहाल समुहबाट असहयाेग भएको र मुख्यमन्त्री बाट बर्खास्त गर्न खाेजेकाे भन्दै कांग्रेसलाई सहयाेग गर्न अपिल गरेका छन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समूहसँग असन्तुष्ट देखिएका छन्।

नेकपा भित्रको विवादपछि खुलेर प्रचण्ड–नेपाल समूहमा लागेका मुख्यमन्त्री भट्टले सो पक्षबाट सहयोग नपाएपछि असन्तुष्ट बनेका हुन्।

आफू लागेकै समूहले मुख्यमन्त्रीबाट हटाउने तयारी गरेपछि मुख्यमन्त्री भट्ट प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफलमा जुटेका छन्। आइतबार धनगढीमा कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलसँग उनले भेटवार्ता समेत गरे।

नेता रावलसँगको भेटवार्तामा भट्टले आफ्नै समूहबाट असहयोग भएको बताएका थिए। उनले पछिल्ला अवस्थामा आफूलाई असहज अवस्था सिर्जना भएको भन्दै आइपरेको खण्डमा सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरे। छलफल क्रममा वर्तमान राजनीतिक अवस्थाबारे पनि कुराकानी भएको नेता रावलका स्वकीय सचिव धनञ्जय रिमालले बताए।

प्रतिपक्षी नेता रावलले पाँच वर्षसम्म नेकपाबीच नै सहमति कायम गरी सरकार चलाउन सुझाएका थिए। आफूहरुलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश दिएको र अहिले नै सरकारमा जाने तयारी नरहेको उनले जवाफ दिएको बताइएको छ।

कुनै हालतमा सरकार चलाउन नसकेको अवस्थामा मात्रै सम्हाल्ने जिम्मेवारी आफूहरुको रहेको जवाफ रावलले दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार