राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा रेड फोर्स गठन गरेको छ । नेकपाले रोल्पाको सुकिदह गाउँपालिका अन्तर्गत योंग रेडफोर्स निर्माण गरेको छ ।
जय प्रकाश घर्ति ‘पिस्तोल’को कमाण्डमा १७ सदस्यीय युवाहरुको ‘रातो दस्ता’ निर्माण भएको छ । उक्त रातो दस्ताको सह-कमान्डरमा भरत पुन रहेका छन् ।
नेकपा निकट युवाहरुको योगं रेडफोर्सको लडाइँ कुनै पाटी विशेष नभई दलाल भ्रष्टचारीहरुलाई तह लाउन निर्माण भएको जनाएको छ । पुरानो सत्ताले सरकार बिस्तारको नाममा भ्रष्टाचार मौलाएको भन्दै तिनै भ्रष्टहरुलाई तह लाउने कमान्डर पिस्तोलले बताए ।
।