logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यस बर्षकाे एसईई जेठमा हुने


  • राजनीति
  • शुक्रबार, पुष १७ २०७७

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी जेठमा लिने गरी तयारी थालेको छ। जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुरु गरेको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्।

पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले अहिलेबाटै तयारी थालेको जानकारी दिए। उनले भने,‘विद्यार्थीलाई चैत-वैशाखसम्म अध्ययन गर्ने समय दिनुपर्छ। असार÷साउनमा वर्षा हुन्छ। त्यसैले जेठ महिना परीक्षाका लागि उपयुक्त समय देखिएको छ।’

यस पटकको एसईई परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने अहिले सम्म स्पष्ट निर्णय नगरिएको र विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने पनि अध्यक्ष पौडेलले बताए।

बोर्डले २०७६ सालको एसईई परीक्षा भने, कोभिड- १९ का कारण विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार