logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे पेरिसडाँडा बसेकाे स्थायी कमिटी बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • आइतबार, पुष १९ २०७७

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको थियाे ।

नेकपा प्रचण्ड र माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनेको हो ।

यो कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने भएको छ ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार