logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपालमा बेरोजगार बढ्दै ! ७५ हजारले दिए कोरियन भाषा परीक्षा,नतिजा असार १६ मा


  • राजनीति
  • आइतबार, जेष्ठ २७ २०७५

काठमाडौं –  सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे ।

कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।

यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन्,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा अागामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।

यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार