logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौंमा वायु प्रदुषण उच्च, विज्ञले दिए यस्तो चेतावनी


  • राजनीति
  • बुधबार, पुष २२ २०७७

काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ। यो अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद् डाक्टर ऋषिराम शर्मा बताउँछन्।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएकाे जनाएको छ। वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो।

२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ। सोमबार दिनभर काठमाडौं उपत्यकामा घाम लागेन। आज पनि बिहानैदेखि घाम देखिएको छैन्। सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको पैदल यात्रुले अनुभव गरेका छन्।

साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए। अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको आग्रह छ। जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दिक्षितले वायु प्रदुषण बढेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार