logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अमेरिकी संसदमाथी आक्रमण, वासिङ्टनमा कर्फ्यु


  • राजनीति
  • बिहिबार, पुष २३ २०७७

अमेरिकाको संसद भवनमा भएको हिंसामा १३ जनालाई पक्राउ गरिएको छ ।

वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच बन्दुक जफत गरिएका छन् जसमध्ये ह्यान्डगन र लङ्ग गन पनि समावेश छन् ।

प्रहरी चिफ रोबर्ट क्वान्टीले मिडियालाई दिएको जानकारी अनुसार पक्राउ गरिएका मानिसहरु डिसी एसियामा बस्ने होइनन् ।

उनले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको पनि जानकारी दिए ।

प्रहरी हाल प्रदर्शनकारीलाई संसद भवनबाट टाढा बस्न भनिरहेको छ । शहरमा स्थानीय समयानुसार बेलुकी ६ बजेदेखि करफ्यू लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार