राजनीति
वासिङ्टन डीसी प्रहरीले अमेरिकामा भएको हिंसाको क्रममा चारजनाको मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार यी चारजनामध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेको कारण भएको हो भने अन्य तीनजनाको ‘मेडिकल इमर्जेन्सी’ का कारण मृत्यु भएको हो ।
वासिङ्टन प्रहरीले अहिलेसम्म ५२ जनालाई पक्राउ गरिसकेको छ जसमध्ये ४७ जनालाई कर्फ्यू तोडेको आरोपमा पक्राउ गरिएको छ ।
वासिङ्टनमा भएको हिंसाको क्रममा मारिएकी महिलाको स्थानीय प्रहरीको पहिचान गरेको छ ।
मृतकको नाम एशली ब्याबिट रहेको र उनी स्यान डियगोकी बासिन्दा बताइएको छ ।
अमेरिकी मिडियाका अनुसार एशली अमेरिकी वायुसेनाकी सदस्यसमेत रहेकी थिइन् ।
रिपोर्टका अनुसार एशलीलाई संसद भवन छिर्ने क्रममा गोली लागेको हो ।
फक्स न्यूजले एशलीकी सासुसँग कुरा गरेको दाबी गरेको छ । उनका अनुसार उनी ट्रम्पकी पक्की समर्थक थिइन् ।
गोली लागेपछि एशलीलाई अस्पताल लैजाने कोसिस गरिएको थियो तर उनको बाटोमा नै मृत्यु भयो ।