राजनीति
राजधानीको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ प्रहरीले इन्काउन्टर गरेको छ । पक्राउ गर्न पुगेको महाशाखाको प्रहरी टोलीमाथि लामाले गोली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेको बताइएको छ । प्रहरीका अनुसार लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
लामाले ललितपुरको सातदोबाटो क्षेत्रमा अड्डा बनाएर त्यहाँका ब्यापारीहरूलार्इ धम्क्याउँदै रकम असुल्दै आएका थिए । ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी रहेका थिए ।