राजनीति
विद्राेही नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारी प्रती चार कम्युनिस्ट पार्टीले बिरोध जनाएकाछन ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायतलाई तत्काल रिहा गर्न माग गारेका छन ।
वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्न दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका चार बाम पार्टीले प्रेस वक्तव्य जारी गर्दै केपी वली सरकारले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत अन्य तीनजनालाई गिरफ्तार गरेकोमा निन्दा र भत्र्सनासमेत गरेका छन् ।
बिज्ञप्तिमा भिन्न विचार राखेकै कारण गरिएको उक्त गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य भएको उल्लेख छ ।
चार पार्टीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘यही २०७७ साल पुस २९ गते नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोलालगायत अन्य तीनजनालाई नेपाल सरकारले गिरफ्तार गरेको छ । भिन्न विचार राखेकै कारण गरिएको उहाँहरूको गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य हो ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी यस गिरफ्तारीको तीव्र विरोध तथा भत्र्सना गर्दै उहाँहरूको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दछौँ । साथै उहाँहरूलगायत बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौँ ।’
बास्तोलाको गिरफ्तारी निन्दनीय रहेको भन्दै रिहाइको लागी माग समेत राखेकाछन । संयुक्त बिज्ञप्तीमा नेकपा क्रान्तिकारी (माओवादी ) का महासचिव मोहन बैध किरण, नेकपाका महासचिव विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेकाछन ।

बास्तोलालाइ गिरफ्तार गरेपछि नेकपाले १० गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ। नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायतका नेता गिरफ्तारी काे बिरुद्ध नेपाल बन्दकाे आयाेजना गरिएकाेे हाे ।
बिहिवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्आर विक्फ्नारम चन्द विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन ।
विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी विज्ञप्तिमा भनिएकाे छ ‘गत बुधबार दिउँसो ३ गते पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन।
विद्रोही नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु रहेका छ्न।
हेर्नुस् विज्ञप्ति
