logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन भेट्न मानेनन् माेदीले ज्ञवालीसंग ?


  • राजनीति
  • शुक्रबार, माघ २ २०७७

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ ।

विश्वस्त स्रोतका अनुसार ज्ञवालीको मोदीसँग भेटवार्ताको समय तय भएको छैन । भ्रमणको तालिकामा पनि मोदीसँगको भेटवार्ता उल्लेख छैन ।

ज्ञवालीले समकक्षी एस एन जयशंकरसँग नै द्वीपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयले तय गरेको छलफलको एजेन्डा अनुसार नै कुराकानी हुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवाली आउनु अगावै दुई देशका अधिकारीहरु बसेर हिजो छलफलको एजेन्डाबारे कुराकानी गरेका थिए । नेपालका तर्फबाट सहसचिव यज्ञबहादुर हमाल बैठकमा सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार