logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

गिरफ्तार नेताहरुलाई हिरासतमा चरम यातना !


  • राजनीति
  • शुक्रबार, माघ २ २०७७

बुधवार समातिएका नेकपाका नेताहरुलाइ बिहिवार राति ललितपुर प्रहरी परिषद जाउलाखेल पुगाइएकाे छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला लगायत गिरफ्तार नेताहरुमाथी चरम शारीरिक तथा मानसिक यातना दिइएकाे छ।  प्रहरीले नेताहरुलाई गिरफ्तार गरेपछि आखामा कालाे पट्टि बाधेर एकरात घुमाइएकाे बताइएकाे छ । पारिवारिक स्राेतका अनुसार शरिरिक यातनाले नेता बिवेक र बिश्वास  उभिन नसक्ने अवस्था रहेकाे बताएकाे छ । भने
विवेक कानकाे नसुन्ने भएका छन । बिश्वासकाे खुट्टा नचल्ने भएको बताइएकाे छ। उनलाई प्रहरीले मकवानपुर सीमामा पर्ने ललितपुरको बागमती गाउँपालिका गिम्दीबाट बुधबार पक्राउ गरेको थियाे ।

बुधवार पक्राउ परेका नेताहरुलाई शारीरिक तथा मानसिक यातना दिएकाे बुझिएको छ । परिवारका सदस्य भेट्न पटकपटक गएपनि उनिहरुलाइ भेट्न नदिएपछि उनिहरु मानवअधिकारबादी तथा बारसंग पुगेका थिए । आज बिहान बरिस्ठ अधिवक्ता एकराज भण्डारी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ लगायतका प्रतिनिधि ललितपुर प्रहरी परिषद जाउलाखेल पुगेका थिए ।

उनीसँगै खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का सहयोगी विवेक कुमाल पनि पक्राउ परेको उच्च प्रहरी स्रोतले बताए । प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट डायरी, ल्यापटप र पार्टीको महत्वपूर्ण कागजात कब्जा गरेको बताएको थियाे ।

प्रहरी स्रोतका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्र गिम्दीबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई अहिले गिम्दी प्रहरी चौकीमै राखिएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी बाँस्तोलालाईभन्दा पनि विप्लव नेकपाका दोस्रो तहका नेता प्रकाण्डलाई पक्राउ गर्न गिम्दी पुगेको थियो ।

यता नेकपाका नेताहरुकाे गिरफ्तारी बिरुद्ध नेपाल बन्दकाे घाेषणा गरेकाे छ। विद्राेही नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ १० गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ। नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायतका नेता गिरफ्तारी काे बिरुद्ध नेपाल बन्दकाे आयाेजना गरिएकाेे हाे ।

बिहिवार  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्आर विक्फ्नारम चन्द विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन ।

विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी विज्ञप्तिमा भनिएकाे छ ‘गत बुधबार दिउँसो ३ गते पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन।

विद्रोही नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु रहेका छ्न।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार