logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बास्तोला गिरफ्तारीको बिश्वभर बिरोध


  • राजनीति
  • शनिबार, माघ ३ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तारीलाइ लिएर ससार भरीबाट बिरोध प्रकट भएको छ । यस्तै क्रममा जन प्रगतिशील  मोर्चा युरोपले तिब्र  बिरोध जनाएको छ ।

आफ्नो राजनीतिक अधिकार प्रयोग गर्दै जनताको लागी संघर्षरत पार्टी र त्यसका नेता कार्यकर्ता माथी गरिएको हर्कत फासीवादी बाहेक केही नहुने तर्क गरेको छ । मोर्चाले गिरफ्तार नेता कार्यकर्तालाई बिना सर्त अबिलम्ब रिहाइको समेत माग गरेको छ।

मोर्चाले गिरफ्तार नेताहरुको जिवन रक्षा र सिघ्र रिहाइको लागी मानव अधिकारकर्मी,पत्रकार नागरिक समाजलाइ समेत अपिल गरेको मोर्चाका बेल्जियम साखाका  शेर बहादुर छन्त्यालले जानकारी दिएकाछन ।

मोर्चा द्धारा जारी बिज्ञप्तीको पुर्णपाठ

आफूलाई एक जिम्मेवार पार्टीको रुपमा उभ्याउदै कोरोना संक्रमणको शुरुवाती दिन बाट नै नेकपाले आफ्ना राजनैतिक आक्रामक गतिविधीहरुलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेका छन् ।

नेपालको वर्तमान सामाजिक फांसीवादी तथा दलाल सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको छ । नेपाल सरकारको यो फांसीवादी कदमको हामी घोर भ्रत्सर्ना गर्दछौं ।

यसै क्रममा जनसेवामा रहेका उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (क.कन्चन) सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पौष २९ गते गरेको गैरकानुनी गिरफ्तारीको हामी कडा शब्दमा बिरोध गर्दछौं । क. कन्चन एक सच्चा वामपन्थी, बुद्धिजीवी विश्लेषक तथा चिरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ लगायत सम्पूर्ण राजनैतिक बन्दीहरुलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौं ।

नेपाली जनता अहिले यो असफल संसदीय ब्यबस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यबस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौं ।

—
शेर ब. छन्त्याल
बेल्जियम

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार