राजनीति
एकमहिना अगाडी एमाले सग एकता गरेको तत्कालीन माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा पूर्व पशुराज्यमन्त्री (क्याबिनेटस्तर) श्रीप्रसाद जबेगु सहित ८७ जना पिबिएमहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति सदस्य छनौटमा काखापाखा गरेको भन्दै असन्तुष्टि पत्र जेठ ९ गते तत्कालीन माओवादी केन्द्रको एचक्युमा बुझाएका थिए ।
झन्डै चार दर्जन जिल्लाको प्रतिनिधित्व गर्ने ८७ जना पिविएमले आफ्नो फरक मत (नेकपा)का एक जना अध्यक्ष प्रचण्डलाई बुझाए पनि त्यसको सुनावाइ बारे कुनै खबर बाहिर आएको छैन । पत्र बुझाएका मध्य एकजना पिविएमले प्रचण्डले आफुहरुको पत्र बारेमा भन्दा पनि नया बनिसकेको केन्द्रिय समितिमा कसलाइ कता गर्न र पार्न सकिन्छ भन्ने हिसाबले सोच्न थालेको अनुभुती सुनाएका थिए ।



एमालेसँगको एकतामा तत्कालीन माओवादीको भागमा २०० केन्द्रीय सदस्य परेका थिए ।
४४१ केन्द्रीय कमिटीमा आफु नपरेको भन्दै माओवादीभित्र असन्तुष्टि देखिएको हो ।