logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ह्वाइट हाउस छाेड्दै ट्रम्प


  • राजनीति
  • शनिबार, माघ ३ २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन्् ।

सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् ।

ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् । उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।

यता, वर्तमान उपराष्ट्रपति माइक पेन्सले भावी उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । बिहीबार उनले फोनमार्फत बधाई दिएका हुन् । पेन्सले आवश्यक परेमा कुनै पनि सहयोग गर्न आफु तयार रहेको समेत बताएका छन् । चुनावको नतिजा सार्वजनिक भएपछि पेन्स र कमलाबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो
।
यसअघि जो बाइडेनको सपथ समारोहका लागि बिहीबार रिहर्सल गर्ने कार्यक्रम थियो । तर, यो पूर्वाभ्यास रद्द गरिएको छ । अहिले संसद् भवन सुरक्षा बलको जिम्मामा छ । ट्रम्प समर्थकहरुले प्रदर्शन गर्नसक्ने आशंकासहित २५ हजार नेशनल गार्डस् अमेरिकाको राजाधानीमा तैनाथ छन् । सुरक्षा खतराकै कारण व्हाइट हाउस र यस वरपरका स्मारकहरुमा आम मानिसहरुलाई प्रवेश निषेध गरिएकोछ । यद्यपी, २१ जनवरीदेखि भने यहाँ सर्वसाधारण आउन पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार