राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तीकारी)का केन्द्रीय सदस्य मदन चन्दलाइ काठमाडौबाट प्रहरीले गिरफ्तार गरेकाे छ।
चन्दलाइ लाइ संगठन काे कामकाे सिलसिला रहेकै बेला बिनाकारण गिरफ्तार गरिएकाे क्रान्तिकारी स्रोतले जनाएको छ ।
उनलाइ गिरफ्तार गरी महानगरीय परिसर टेकुमा लगेको क्रान्तिकारी स्रोतको दावी रहेको छ ।
नेकपा द्धारा माघ १० गते नेपाल बन्दको घोषणा

नेकपाले नेता कंचन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन ।
विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी विज्ञप्तिमा भनिएकाे छ ‘गत बुधबार दिउँसो ३ गते पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन।
विद्रोही नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु रहेका छ्न।