logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तारीविरुद्ध असार ३ गते शैक्षिक हड्तालकाे घाेषणा

संगठनका अध्यक्ष चिरन्जीवी ढकाल भने भखरै रिहा


  • राजनीति
  • मंगलबार, जेष्ठ २९ २०७५

काठमाडौ‌ं-  असार ३ गते नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले  देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने बताएको छ ।

आफ्नो संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध शैक्षिक हड्ताल घोषणा गरिएको उपाध्यक्ष्य रुद्र भट्टराई द्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

संगठनका अध्यक्ष चिरन्जीवी ढकाल भने भखरै रिहा हुनुभएको छ ।

सरकारले विना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले जेठ ३० गते देशव्यापी कोणसभा , ३१ गते देशव्यापी प्रदर्शन , असर १ गते देशव्यापी मसाल जुलुस र असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार