logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफ्नाे परिवारकाे प्रसंसामै प्रचण्ड भने बुहारीले जेल भाेगिन छाेरी रुकुमका भिरपाखा..


  • राजनीति
  • बुधबार, माघ ७ २०७७

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी विना मगरको प्रशंशा गरेका छन् । विनाले राजनीतिमा ठुलो योगदान गरेको भन्दै भैरवनाथ गणमा समेत यातना भोगेको स्मरण गराए । प्रचण्डले आफ्नाे परिवारकाे खुलेर निकै प्रशंसा गरे ।

‘मेरा परिवार जेलनेल यातना भोगर आएका हुन्,’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि परिवारलाई बनाउनमै केन्द्रित भएको आरोप लगाएको सन्दर्भमा ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा भने,‘भैरवनाथ गणमा यातना भोगर लापता बनाइएका होइनन् र ?’

यसअघि बुहारी विना मगरलाई खानेपानी मन्त्री र छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाइएपछि प्रचण्डमाथि परिवारलाई पदमा लान केन्द्रित भएको आरोप लागेको थियो । त्यसलाई नेकपा विभाजनपछि ओलीले समेत उठाएका छन् । जवाफमा प्रचण्डले आफ्ना छोरीहरु र बुहारीले जनयुद्ध देखि जोखिम मोलेर काम गरेको सुनाए । आफूले छोराछोरीलाई विदेश पढ्न नपठाएर क्रान्तिमा होमेको उनको भनाई थियो ।

‘म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्रचण्डले भने । क्रान्तिमा परिवारका सबै सदस्य होमिएको उनको भनाई थियो । उनले भने,‘रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार